'पुजार सार्की'को छायांकन सुरु | Khabarhub Khabarhub

‘पुजार सार्की’को छायांकन सुरु


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


894
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिनेश राउतको निर्देशन रहने ‘मल्टिस्टारर’ चलचित्र  ‘पुजार सार्की’को छायांकन सुरु भएको छ । कास्कीको कास्कीकोटमा मंगलबार शुभमुहूर्त गरी निर्माण टोली छायांकनमा निस्किएको हो । 

एक महिनामा छायांकन सक्ने लक्ष्यका साथ निर्माण टोली आइतबार कास्कीकोट पुगेको थियो । जातीय विभेदमा आधारित कथा भएकाले सोही गाउँ आसपास छायांकन हुने निर्माण पक्षले जानकारी दिएको छ । 

अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले मुख्य भूमिका रहने यो बहुप्रतिक्षित फिल्म हो । तीन नायकको पहिलो सहकार्य भएकाले निर्माणको घोषणादेखि नै फिल्म चर्चामा छ । फस्ट लुक पोस्टर सार्वजनिक हुने बित्तिकै इन्टरनेसनल राइट्स बिक्री भइसकेको छ । 

यी तीन नायकसहित नायिके परीक्षा लिम्बू र अन्जना बराइली पनि मुख्य भूमिकामा देखिँदैछन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने यो फिल्मका लेखक विकास सुवेदी हुन् भने लगानी सुवास भुसालको रहेको छ । 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ६ : १० बजे

पहिलो हाफमा साम्बाको गोलले भारतविरुद्ध नेपालको अग्रता

काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा अग्रता बनाउन सफल भएको छ।

लुटपाट, तोडफोड र आगजनीमा संलग्नबारे छानबिन गरी कारबाही गर्न महासङ्घको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घले ‘जेन-जी’ आन्दोलनका क्रममा भएको घुसपैठबाट

छठ पूजाको तेस्रो दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (तस्बिरहरू)

काठमाडौं– छठ पूजाको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर

विराटनगरको सिंघिया घाटमा छठ पूजा (तस्बिरहरू)

मोरङ- विराटनगरको सिंघिया घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठपूजा गरिएको