भारतले राष्ट्रसंघीय सुरक्षा परिषदमा छिटै स्थायी सदस्यता पाउने महासभा अध्यक्षको विश्वास « Khabarhub

भारतले राष्ट्रसंघीय सुरक्षा परिषदमा छिटै स्थायी सदस्यता पाउने महासभा अध्यक्षको विश्वास


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- संयुक्त राष्ट्रसंघको ७८ औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले भारत राष्ट्रसंघको ‘परिपक्व र सम्मानित’ सदस्य भएको टिप्पणी गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष फ्रान्सिसले राष्ट्रसंघमा भारतको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भारतले राष्ट्रसंघीय सुरक्षा परिषदमा छिटै स्थायी सदस्यता प्राप्त गर्नेसमेत विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा राष्ट्रसंघीय सुरक्षा परिषदमा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको अनुपस्थितीबारे प्रश्न सोधिएको थियो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सोही प्रश्नको जवाफ दिँदै अध्यक्ष फ्रान्सिसले सुरक्षा परिषदमा भारतले चाँडै स्थायी सदस्यता प्राप्त गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले सुरक्षा परिषदको संरचना पुरानो भइसकेको भन्दै यसले वर्तमान सामसामयिक भूराजनीतिक यथार्थलाई सम्बोधन गर्न नसक्ने जिकिर गरे ।

‘हाल अस्तित्वमा नरहेको ऐतिहासिक कालखण्डमा राष्ट्रसंघको सुरक्षा परिषद गठन गरिएको थियो ।’ उनले भने, त्यसयता विश्वमा धेरै ठूलो परिवर्तन आइसकेको छ ।’ उनले विश्वमा शान्ति एवम् सुरक्षा कायम गर्न सुरक्षा परिषद् विफल हुँदै आएको पनि टिप्पणी गरे ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १२ : ४० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र