भारतले राष्ट्रसंघीय सुरक्षा परिषदमा छिटै स्थायी सदस्यता पाउने महासभा अध्यक्षको विश्वास | Khabarhub Khabarhub

भारतले राष्ट्रसंघीय सुरक्षा परिषदमा छिटै स्थायी सदस्यता पाउने महासभा अध्यक्षको विश्वास


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- संयुक्त राष्ट्रसंघको ७८ औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिसले भारत राष्ट्रसंघको ‘परिपक्व र सम्मानित’ सदस्य भएको टिप्पणी गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष फ्रान्सिसले राष्ट्रसंघमा भारतको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भारतले राष्ट्रसंघीय सुरक्षा परिषदमा छिटै स्थायी सदस्यता प्राप्त गर्नेसमेत विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनमा राष्ट्रसंघीय सुरक्षा परिषदमा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको अनुपस्थितीबारे प्रश्न सोधिएको थियो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार सोही प्रश्नको जवाफ दिँदै अध्यक्ष फ्रान्सिसले सुरक्षा परिषदमा भारतले चाँडै स्थायी सदस्यता प्राप्त गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले सुरक्षा परिषदको संरचना पुरानो भइसकेको भन्दै यसले वर्तमान सामसामयिक भूराजनीतिक यथार्थलाई सम्बोधन गर्न नसक्ने जिकिर गरे ।

‘हाल अस्तित्वमा नरहेको ऐतिहासिक कालखण्डमा राष्ट्रसंघको सुरक्षा परिषद गठन गरिएको थियो ।’ उनले भने, त्यसयता विश्वमा धेरै ठूलो परिवर्तन आइसकेको छ ।’ उनले विश्वमा शान्ति एवम् सुरक्षा कायम गर्न सुरक्षा परिषद् विफल हुँदै आएको पनि टिप्पणी गरे ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  १२ : ४० बजे

कन्य च्याउको बिउ उत्पादन गरिँदै

चितवन– व्यावसायिक किट विकास केन्द्र भण्डाराले कन्य च्याउको बिउ उत्पादन

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोधमा उत्रियो महासंघ

काठमाडौँ -नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति

एन्फाले नेपाल र बंगलादेशबीचको खेलका लागि १० हजार टिकट बिक्री गर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबीचको खेलका

माओवादीले भन्यो- सामाजिक सञ्जाल बन्द गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता खोस्न खोज्यो

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले नेपालमा सूचीकृत नहुने

एमालेको सचिवालय बैठक सुरु, विधान महाधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन पास हुने 

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।