इटालीका किसानहरूक आन्दोलन तीव्र « Khabarhub

इटालीका किसानहरूक आन्दोलन तीव्र


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मेलेग्नानो – दर्जनौँ इटालेली किसानहरूले मङ्गलबार मिलान नजिकै ट्र्याक्टरहरूबाट विरोध प्रदर्शन गरेका छन् । यो किसानहरूको जीविकोपार्जनको डरले मुलुकभर साना प्रदर्शनहरूको शृङ्खलामा पछिल्लो प्रदर्शन हो ।

हालैका साताहरूमा सिसिलीबाट ट्रेन्टोसम्म अचनाक विरोध प्रदर्शन सुरु भएका छन् । सडकहरू अवरुद्ध गर्ने समाचार अहिले नियमित भएको छ । यद्यपि तिनीहरू अहिलेसम्म फ्रान्स, जर्मनी वा बेल्जियममा किसान प्रदर्शनको स्तरसम्म पुगेका छैनन् ।

“हामी युरोपले धोका दिएका सबै कुरा रोक्न तयार छौँ”, मिलान बाहिर मेलेग्नानो नजिकैको विरोध प्रदर्शनमा प्लेकार्डमा घोषणा गरिएको छ । प्रदर्शनकारीहरू युरोपेली सङ्घ(इयु)का नियमहरू, आफ्ना उत्पादनमा मुद्रास्फीति र करहरूको प्रभावलाई लिएर असन्तुष्ट छन् । उनीहरूले आफ्नो धरौटीलाई स्थगन गर्न माग गरेका छन् ।

“युरोपले हामीमाथि यस्तो नियम थोपर्छ जसको कुनै अर्थ छैन, हामी अब जीविकोपार्जन गर्न सक्तैनौँ, हामी धेरै पैसा कमाउन चाहन्छौँ र आफ्ना उत्पादनहरूको मूल्य तिनीहरूको मूल्यअनुसार चाहन्छौँ”, उत्तरी इटालीमा विरोध प्रदर्शनका आयोजकमध्येको एक लुइसिटो नाल्डीले भने, “हामी थाकेका छौँ ।” उनका अनुसार परिस्थिति यति कठिन भइसकेको छ कि किसानहरूले आत्महत्या गरिरहेका छन् ।

उनले प्रधानमन्त्री जियोर्जिया मेलोनीको सरकारसँग भेट्न खोजिरहेको बताउनुभयो । “जे कारणले फ्रान्स, जर्मनी, पोल्यान्ड र रोमानियामा विरोध प्रदर्शन भइरहेको छ त्यही कारणले हामीले विरोध गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जबसम्म सरकारले हामीलाई रोममा आमन्त्रण गर्दैन तबसम्म विरोध प्रदर्शन जारी रहन्छ ।”

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ८ : १५ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको