सर्वोत्तमको आईपीओ बाँडफाँड « Khabarhub

सर्वोत्तमको आईपीओ बाँडफाँड


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वैदेशिक रोजगारमा रहेकाहरूका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गर्दै वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

उक्त आईपीओ बुक बिल्डिङ विधिमा खुलेको भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँडमा पनि कम्तीमा ५० कित्ता सेयर दिनुपर्ने व्यवस्था भएकाले  ५० कित्ताका दरले बाँडफाँड गर्दा थोरै सङ्ख्यामा आवेदक मात्रै समेटिएको कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो ।

पुस २५ देखि माघ १० गतेसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ । प्रभावितलाई पनि सेयर बाँडफाँड भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  १२ : ५८ बजे

पोखराका सुकुम्वासी सडकमा, लगाए नारा- डोजर आतंक बन्द गर 

काठमाडौं– काठमाडौंमा सुकुम्वासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्वासीहरू

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा गराउने

गत वर्षदेखि हराएको फिल्म ‘कुस्ती’ले फेरि तोक्यो रिलिज डेट

काठमाडौं – नायिका मिरुना मगरले साइन गरेको फिल्म छाडेर गरेको

सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको छ : मुख्यमन्त्री शाह

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड

संसदका गतिविधिलाई परिणाममूखी बनाउनेगरि भूमिका निर्वाह गर्न सभामुख अर्यालकाे सुझाव

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले संसद्का गतिविधिलाई परिणाममुखी बनाउनेगरि भूमिका निर्वाह