आसिफको शतकका बावजुत कणालीसँग एपीएफको हार, शीर्ष ४ मा रहन असफल « Khabarhub

आसिफको शतकका बावजुत कणालीसँग एपीएफको हार, शीर्ष ४ मा रहन असफल


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आसिफ शेखले शतक प्रहार गरेको खेलमा नेपाल एपीएफ क्लब कर्णाली प्रदेशसँग २१ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कर्णालीले ४४.१ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो । २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । एपीएफका ओपनर आसिफ १०८ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन् ।

एक समय ९२-६ को अवस्थामा पुगेको एपीएफलाई आसिफ र अमर राउटेलाले राम्रो साझेदारी गर्दै जितको सम्भावना देखाएका थिए ।

आसिफ १०८ रनमा आउट भएपछि एपीएफको तर्फबाट कोही पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । राउटेला २८ रनमा नटआउट रहे ।

यो हारले एपीएफले थ्री डे एलिट ट्रफी खेल्न नपाउने भएको छ । त्रिभुवन आर्मी, नेपाल पुलिस, मधेश प्रदेश र बागमती प्रदेशले शीर्ष ४ मा रहँदै एलिट ट्रफी खेल्नेछन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : ०४ बजे

तनहुँमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा

म्याग्दीको धवलागिरिमा धमाधम योजना कार्यान्वयन

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’

काठमाडाैं – काठमाडाैं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमध्ये चार वटा शत्प्रतिशत नतिजासहित

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा