प्रचण्डले १५ वर्षअघि नै भनेका थिए– दरबार हत्याकाण्डको छानविन हुन्छ ! « Khabarhub

प्रचण्डले १५ वर्षअघि नै भनेका थिए– दरबार हत्याकाण्डको छानविन हुन्छ !


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको छानविन गरिने बताएका छन् । तर, दाहालले यस्तो कुरा १५ वर्ष पहिले पनि बताएका थिए ।

पहिलो कार्यकालमा प्रधानमन्त्री बनेका बेला दाहालले ०६५ साल फागुन १५ गते एक कार्यक्रममा दरबार हत्याकाण्डबारे छानविन गरिने बताएका थिए ।

तत्कालीन प्रधानमन्त्रीको भनाइ उधृत गर्दै आजभन्दा १५ वर्ष पहिलेको गोरखापत्रमा छापिएको थियो,‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा वीरेन्द्रको वंश नाश गर्ने गरी भएको दरबार हत्याकाण्डको पुनः छानविन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’

प्रचण्डले यसो भनेको १५ वर्षपछि ०८० माघ १६ गतेको गोरखापत्रमा वीरगञ्ज डेटलाइनबाट लेखिएको छ ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०५८ सालमा भएको दरबार हत्याकाण्डको छानविन हुने बताउनुभएको छ ।’

प्रधानमन्त्री प्रचण्डको १५ वर्षअघिको कुरो कोट्याउँदै बरिष्ठ पत्रकार तीर्थ कोइराला भन्छन्, ‘२०६५ साल फागुनमा छानबिन हुने, २०८० माघमा पनि छानबिन हुने । बोल्ने उहाँ नै, समाचार छाप्ने पत्रिका उही, पत्याउने हामी पनि उही !’

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ५ : ४८ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि