विमलेन्द्र निधि भन्छन्– अबको प्रधानमन्त्री माधव नेपाल  « Khabarhub

विमलेन्द्र निधि भन्छन्– अबको प्रधानमन्त्री माधव नेपाल 


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

दाङ– कांग्रेस नेता विमलेन्द्र निधिले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दावी गरेका छन्।

नेपाल प्रेस युनियन दाङ शाखाले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरशः कार्यान्वयनका लागि गठबन्धन टिकाउनको विकल्प नरहेको बताए।

उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने बताए। 

पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै ०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने दावी गरे।

नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्नेमा जोड दिए ‘अहिलेको गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नुजस्तै हो’, नेता निधिले भने, ‘सत्ता साझेदार बीच भएको सहमति कार्यान्वयनको बाटोमा सबै इमान्दारपूर्वक लाग्नुपर्छ। त्यसैले गठबन्धनको विरोध गर्ने होइन, कसरी आगामी निर्वाचनसम्म जान सकिन्छ, त्यसतर्फ लाग्ने हो।’

नेपाल प्रेस युनियन दाङ शाखाले बुधवार घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अरु बेला नेताको भाषण सुन्ने जनतासँग अहिले कांग्रेसले गुनासाहरु सुन्न ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन भएको बताए। नेपाल प्रेस युनियन दाङ शाखा अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ०३ बजे

४ वर्षमा पनि बनेन सूर्यविनायक-धुलिखेल सडक (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक निर्माण सुरु भएको

लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन

एजेन्सी– लिबियाबाट १४० जना अवैध  आप्रवासीहरूलाई उनीहरूको मूल देशमा निर्वासन

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

देउखुरी– दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल

प्रचण्डले रास्वपालाई भने : साम्राज्यवादले लगानी गरेका पपुलिस्टहरू सामाजिक सञ्जालमा स्टन्ट गर्दैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले