जनताका आवश्यकताअनुसार योजना ल्याउछौँ : मुख्यमन्त्री पाण्डे « Khabarhub

जनताका आवश्यकताअनुसार योजना ल्याउछौँ : मुख्यमन्त्री पाण्डे


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताका आवश्यकतालाई हेरेर आगामी कार्यक्रम तथा योजना ल्याइने बताएका छन् । प्रदेशको नीति तथा योजना आयोगले आज आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले जनतालाई केन्द्रमा राखेर योजना बनाइने बताए ।

“पहुँचको आधारमा भन्दा पनि जनताका प्रमुख आवश्यकता के हुन भनी छलफल गरी तीनै योजनालाई अगाडि सार्नुको विकल्प छैन”, पाण्डेले भने, “वर्तमान अवस्थामा सबैभन्दा ठूलो चुनौती भनेको विकासलाई जनताको जीवनसँग जोड्नु हो ।” तीव्र रुपमा भइरहेको बसाइँसराइलाई रोकेर गाउँमा रोजगारीका अवसर सृजना हुने किसिमका योजना ल्याएर युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्नेमा उनले जोड दिए ।

विकास निर्माणका योजना बनाउँदा सोको लाभान्वित सङ्ख्या र लागतलाई ख्याल गर्नुपर्ने मुख्यमन्त्री पाण्डेको भनाइ थियो । “प्राकृतिक स्रोतसाधन प्रयोगमा आज पनि समस्या छ । हाम्रा योजना कृषि र उत्पादनमा जोड्न सक्यौँ भने मात्र ठूलो मात्रामा भइरहेको बसाइँसराइ रोक्न सकिन्छ । प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेको छ । प्रदेशका समस्या, सङ्घबाट प्राप्त गर्ने अधिकारबाट सङ्घीयतलाई अझै बलियो बनाउन पहल गर्नेछु”, उनले भने, “गण्डकी प्रदेशमा कृषि, पर्यटन, उद्योग र स्वरोजगारका कार्यक्रमलाई प्राथामितामा राख्नेछौँ ।”

गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले यो प्रदेश पर्यटकीय र कृषि क्षेत्र भएकाले यस क्षेत्रलाई केन्द्रित गरी पञ्चवर्षीय योजना ल्याउनुपर्नेमा जोड दिए । सदस्य भीम कार्कीले युवा लक्षित कार्यक्रम ल्याएर विदेश जानबाट युवालाई स्वदेशमा रोक्ने किसिमका योजना बनाउनुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशसभा सदस्य देवका पहारीले दश जोर दुईको अध्ययनसँगै विद्यार्थीलाई सीपमूलक कार्यक्रम ल्याएर उनीहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने भन्दै सोही अनुसारका कार्यक्रम ल्याउन जरुरी भएको बताइन् । अर्का सदस्य नन्दकला दमैले विपन्न वर्गको जीवनस्तर उकास्ने किसिमले प्रदेश सरकारले नीति तथा योजनाका कार्यक्रम ल्याउन जरुरी भएको बताइन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : २२ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा