इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा चेल्सी पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा चेल्सी पराजित


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभर पुलले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीलाई ४–१ गोलले हराउँदै लिभरपुलले जित निकालेको हो ।

लिभरपुलका डिअगो जोटा, कोनर ब्राड्ली, डोमिनिक र लुइस डिआजले एक एक गोल गरेका थिए । यस्तै, चेल्सीका क्रिस्टोफर एनकुन्कुले एक गोल फर्काएका थिए ।

खेलमा लिभरपुलका जोटाले २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ब्राड्लीले ३९औँ मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

६५औँ मिनेटमा डोमिनिकले गोल गर्दै खेलालाई ३–० को स्थितिमा ल्याए । ७१औँ मिनेटमा चेल्सीका क्रिस्टोफरले एक गोल फर्काउँदै खेललाई ३–१ को स्थितिमा ल्याए । तर ७९औँ मिनेटमा लिभरपुलका लुइसले गोल गर्दै टोलीलाई ४–१ को जित दिलाए ।

यो जितसँगै लिभरपुलले २२ खेलबाट ५१ अंक जोडेर आफ्नो अग्रता कायमै राखेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ४६ अंक छ । पराजित भएको चेल्सी ३१ अंकसहित दशौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ७ : ४८ बजे

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल