सीआइबीले किन समात्यो अरुण चौधरीलाई ? « Khabarhub

सीआइबीले किन समात्यो अरुण चौधरीलाई ?


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले चौधरी ग्रुपका सदस्य एवं सीजी होल्डिङस् कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेपछि व्यापारिक समुदायमा खैलाबैला मच्चिएको छ । सरकारी सम्पत्ति हिनामिनाको आरोप लागेपछि प्रहरीले कसैलाई पनि छाड्ने रहेनछ भन्ने ‘म्यासेज’ यो घटनाले दिएको छ ।   

सरकारी स्वामित्वमा रहेको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेर चाँदबाग स्कुल चलाइरहेको चौधरी ग्रुपले अहिलेसम्म सत्ता र शक्तिको आडमा स्थानीयवासीको आवाज सुनेको थिएन । सोही जग्गा हडपेको विषयमा अनुसन्धानका लागि प्रहरीले अरुण चौधरीलाई समातेको जनाएको छ ।

पक्राउ परेका चौधरी कांग्रेस सांसद विनोद चौधरीका भाइ हुन् ।

चीन सरकारले खोलिदिएको बाँसबारी छाला जुत्ता कारखाना सरकारी लापरवाही र भ्रष्टाचारका कारण बन्द भएको थियो ।  कारखानाका नाममा रहेको ८३ रोपनी जग्गामध्ये ६ रोपनी जग्गा ०४३ सालमा च्याम्पियन फुटवेयर लिमिटेड कम्पनीका नाममा बिक्री भएको थियो । त्यही सिलसिलामा मालपोत कार्यालयले मिलाएर कम्पनीलाई १० रोपनी जग्गा कौडीको भाउमा उपलब्ध गराएको थियो । त्यो फुटवेयर कम्पनीका सञ्चालक चौधरी ग्रुपका पारिवारिक सदस्य विनोद कुमार चौधरी, लुनकरणदास चौधरी, बसन्त चौधरी, महेशकुमार अग्रवाल, गंगादेवी चौधरी र अरुणकुमार चौधरी लगायत थिए ।

त्यही कम्पनीको नाममा सारिएको १० रोपनी जमिनमा अहिले चाँदबाग स्कुल चलिरहेको छ ।

यसैबीच गृहमन्त्रालय स्रोतले सरकारी जग्गा हडपिरहेका अन्य शक्तिशाली व्यक्तिहरुमाथि पनि कारवाही अगाडि बढाइने जनाएको छ । यो कार्यको सुरुवात चौधरी ग्रुपबाट थालिएको स्रोतको भनाइ छ ।  

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ४ : १७ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता