दुई ब्याटरले शतक हानेपछि यू १९ विश्वकपमा भारतले नेपाललाई दियो २ सय ९८ रनको लक्ष्य | Khabarhub Khabarhub

दुई ब्याटरले शतक हानेपछि यू १९ विश्वकपमा भारतले नेपाललाई दियो २ सय ९८ रनको लक्ष्य


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई ब्याटरले शतकीय पारी खेलेपछि आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा भारतले नेपालसमक्ष २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनायो । भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले ।

१ सय १ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । त्यसैगरी, भारतका अर्का ब्याटर उदय शरणले पनि शतकीय पारी खेल्दै १ सय रन जोडे । १ सय ७ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे ।

नेपालका गुल्शन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : ३० बजे

अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को

म्याग्दी– म्याग्दीस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु

छठका लागि सजिसजाउ जनकपुरका पोखरी (तस्बिरहरू)

जनकपुर– छठ पर्वका लागि जनकपुरधाममा रहेको पवित्र तीर्थस्थल तथा पोखरी

सूर्यले मानवलाई लगाएको गुन सम्झिने छठ पर्व

काठमाडौँ – छठ पर्व हिन्दू धर्मका सबैभन्दा प्राचीन र आस्थापूर्ण

इटालियन सिरी ए : लाजियोसँग युभेन्टस स्तब्ध

काठमाडौं– इटालियन सिरी ए फुटबलमा लाजियोले जित निकालेको छ ।

देशको असहज अवस्थालाई स्थायित्वमा रूपान्तरण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असहज अवस्थालाई