दुई ब्याटरले शतक हानेपछि यू १९ विश्वकपमा भारतले नेपाललाई दियो २ सय ९८ रनको लक्ष्य « Khabarhub

दुई ब्याटरले शतक हानेपछि यू १९ विश्वकपमा भारतले नेपाललाई दियो २ सय ९८ रनको लक्ष्य


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई ब्याटरले शतकीय पारी खेलेपछि आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा भारतले नेपालसमक्ष २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनायो । भारतका लागि सचिन दासले सर्वाधिक १ सय १६ रनको शतकीय पारी खेले ।

१ सय १ बलको सामना गरेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । त्यसैगरी, भारतका अर्का ब्याटर उदय शरणले पनि शतकीय पारी खेल्दै १ सय रन जोडे । १ सय ७ बलको सामना गरेका उनले ९ चौका प्रहार गरे ।

नेपालका गुल्शन झाले ३ र आकाश चन्दले १ विकेट लिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : ३० बजे

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण

कांग्रेसको बन्दसत्रबाट चार प्रतिनिधि निवेदन पास गरिने

काठमाडौं– कांग्रेसको बन्द सत्र सुरु भएको छ। बन्द सत्र मार्फत