अस्ट्रेलियामा २ नेपालीको ज्यान लिनेगरी भएको कार दुर्घटनाका चालक समातिए « Khabarhub

अस्ट्रेलियामा २ नेपालीको ज्यान लिनेगरी भएको कार दुर्घटनाका चालक समातिए


१८ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी–अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यस्थित कुमा शहरनजिकै दुई नेपाली विद्यार्थीको ज्यान जानेगरी अघिल्लो साता भएको सवारी दुर्घटनामा परेका सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त कारका चालक नेपाली मूलका २२ वर्षे सागर भट्टराईलाई शुक्रबार सिड्नी शहरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न लागेका बेला पक्राउ गरिएको अष्टे«लियन प्रहरीले जनाएको छ ।

उनलाई हाल मास्कोट प्रहरी कार्यालयको हिरासतमा राखिएको र उनीविरुद्ध ज्यान लिनेगरी खतरनाक शैलीमा सवारी चलाएको दुई अभियोग, गलत काम गरी हानी पुर्‍याएको दुई अभियोग र मानिसलाई गम्भीर हानी हुनेगरी खतरनाक शैलीमा सवारी चलाएको एक गरी पाँच अभियोग दर्ता गराइएको छ ।

स्थानीय परामाता बेल कोर्टले उनको जमानत अस्वीकार गरेका कारण मुद्दाको अर्को सुनुवाइ हुने मिति सेप्टेम्बर २७ सम्म उनी हिरासतमै रहने अस्ट्रेलियाको एबीसी न्यूज समाचार संस्थाले जनाएको छ ।

गत आइतबार भएको सवारी दुर्घटनामा नेपाली मूलका दुई विद्यार्थीहरु २२ वर्षे समिक्षा सुवेदी र २१ वर्षे गोपाल भण्डारीको ज्यान गएको थियो । मोरानो राजमार्गमा दुर्घटनाग्रस्त मज्दा ६ सेडान कारका चालक भट्टराईको टाउकोमा गम्भीर चोट लागेको थियो ।

गम्भीर चोट लागेका उनलाई राजधानी क्यानबेरा लगेर उपचार गरिएको थियो । त्यसपछि उनी अस्पतालबाट बाहिरिएर सिड्नी पुगी त्यहाँबाट नेपाल फर्कने योजनामा थिए । तर, प्रहरीको तीब्र अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको जनाइएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७६, शनिबार  १ : ४० बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय