कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्ने हो : महासचिव पोखरेल « Khabarhub

कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्ने हो : महासचिव पोखरेल


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धादिङ – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिङ्गो पार्टीलाई भन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको धारणा राखेका छन् ।

एमाले धादिङको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै पोखरेलले कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना भएको बताए । कार्यकर्ताले पार्टी नबोक्ने तर नेतामात्र बोक्दा पार्टी सकिने बताए ।

“कार्यकर्ताले नेता बोक्ने होइन, पार्टी बोक्नुपर्छ, त्यसपछि मात्रै पार्टी मजबुत बन्नेछ”, उनले भने, “नेताहरूले आफूलाई धुरी ठान्नुहुन्न, पार्टीलाई धुरी ठान्नुपर्छ, जनतामा बढ्दै गएको निराशालाई आशामा बदल्न सकिएन भने मुलुकमा समस्या सिर्जना हुन्छ । राष्ट्र जोगाउने हो भने जनतालाई निराश हुनबाट जोगाउनुपर्छ ।”

सात सय प्रतिनिधि सहभागी हुने अधिवेशनले एक सय पाँच सदस्यीय जिल्ला कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ३५ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,