रसुवाको नौकुण्डमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

रसुवाको नौकुण्डमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

रसुवा– दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो ।

इजिप्टको कायरो विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्ययन गरेर नेपालका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकले स्थापना गरेको एएनएमएस संस्था र नौकुण्ड गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको स्वास्थ्य शिविरबाट ९० छात्रछात्रासहित दुई सय ७० जनाले  सेवा प्राप्त गरेका नौकुण्ड–१ का वडाध्यक्ष कान्छा तामाङले जानकारी दिए ।

शिविर सञ्चालन गर्न उत्तरगया गाउँपालिका–५ लहरेका बासिन्दा तथा हाल जिवजिवे ग्रामीण अस्पतालमा कार्यरत डा. सरोज श्रेष्ठले अगुवाइ गरेका हुन् ।

स्वास्थ्य शिविरमा विभिन्न रोगको परीक्षण गर्नुका साथै औषधि समेत प्रदान गरिएको डा. निहारिका शर्मा गैरेले जानकारी दिइन् । चिकित्सक टोलीले छात्रछात्रालाई स्वास्थ्य परीक्षणका साथै विभिन्न पाठ्य सामग्रीसमेत वितरण गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  १० : १६ बजे

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावी सन्ततिलाई

नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको राष्ट्रिय पहिचानको

युक्रेनी ड्रोन आक्रमणमा २४ जनाको मृत्यु : रुस

एजेन्सी – रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा युक्रेनी

महामन्त्रीद्वयले गरे कांग्रेसको नियमित महाधिवेशन स्थगित

काठमाडौं– महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले नेपाली कांग्रेसको नियमित