महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुँदै « Khabarhub

महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुँदै


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीमा पहिलो पटक खाना सडक महोत्सव हुने भएको छ । जिल्लाको उत्तरवर्ती नगरपालिका बर्दिबासमा फाल्गुन ५ देखि ७ गतेसम्म महोत्सव हुने भएको हो ।

होटल तथा पर्यटन व्यवसायी संघको आयोजनामा हुने उक्त खाना सडक महोत्सव नितान्त पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।

आर्थिक मन्दीका कारण व्यवसाय धराशायी बनिरहेको बेला महोत्सवले व्यवसायलाई समेत चलायमान बनाउन सक्ने पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले बताए

अझ मौलिक खानाको माध्यमबाट  जिल्लाको खाना संस्कार समेत अनुभव गर्न सकिने आयोजक पक्षको भनाई छ । मौलिक खानाको साथै मौलिक संस्कार र संस्कृती पनि सडकमा देख्न सकिने महासचिव नारायण घिमिरेले जानकारी दिए ।

उनका अनुसार बर्दिबासस्थित सिन्धुली सडक खण्डको दायाँतर्फ झण्डै २ सय मिटरको लम्बाइमा ५० भन्दा बढी स्टल राखिने र स्थानीय र राष्ट्रिय कलाकारहरूको माध्यमबाट भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजक पक्षले तयारी गरेको छ ।

निःशुल्क प्रवेश गर्न सकिने उक्त महोत्सवको व्यवस्थापनका लागी बर्दिवास नगरपालिकाले ६ लाख ५० हजार सहयोग गरेको छ भने १० लाख भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । बाँकी लागत स्टल र अन्य माध्यमबाट संकलन गरिने अध्यक्ष कार्कीले बताए ।

संस्कृती, पर्यटन तथा पवर्द्वन समिति बर्दिबासको समेत सहभागीमा मौलिक संस्कारलाई यथेष्ट प्रचारप्रसार गरेर पर्यटन विकासमा भूमिका खेल्ने आयोजक पक्षले जनाएको छ । स्टलमा राखिएका खानाहरूमा अधिकतम २० देखि ४० प्रतिशतसम्म छुट हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ४६ बजे

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था

अमेरिकी दूतावास र परराष्ट्रमन्त्रीलाई मेन्सन गरेर पाकिस्तानी पृथकतावादी समूहले बालेनलाई दियो बधाई

काठमाडौं- बलुचिस्तान गणतन्त्र नामक पाकिस्तानको विवादास्पद पृथकतावादी समूहले प्रधानमन्त्री नियुक्त

पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का– सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक

प्राथमिक उपचारकर्ता उत्पादनका लागि तालिम सुरु : प्रशिक्षणमा महिलाको उत्साह 

काठमाडौं– हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट