अमेरिका र बेलायतद्वारा यमनमा हुथीविरुद्ध आक्रमण « Khabarhub

अमेरिका र बेलायतद्वारा यमनमा हुथीविरुद्ध आक्रमण


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिका र बेलायतले यमनका हुथी विद्रोहीविरुद्ध पुनः हमला गरेका छन् । लाल सागर भएर ओहोर दोहोर गर्ने पानीजहाजलाई लक्षित गरी हुथी विद्रोहीले आक्रमण गरेको बदलामा अमेरिका र बेलायतले हुथीविरुद्ध कारवाही चलाएका हुन् ।

रोयटर्सका अनुसार शनिबार अमेरिका र बेलायतले यमनका विभिन्न १३ स्थानमा रहेका ३६ वटा हुथी निशानालाई लक्षित गरी हमला गरेका छन् । केही समयअघि मध्यपूर्वमा तैनाथ अमेरिकी सेनामाथि हमला भएसँगै सो क्षेत्रमा तनाव बढ्दै गएको छ । यसअघि शुक्रबार अमेरिकाले सिरिया र इराकमा इरान समर्थित लडाकुलाई लक्षित गरी हमला गरेको थियो

अमेरिकी रक्षा प्रशासन पेन्टागनले पछिल्लो पटक हुथी विद्रोहीका हतियार भण्डारण, क्षेप्यास्त्र प्रक्षेपण तथा अन्य सैन्य क्षमतालाई लक्षित गरी हमला गरिएको जनाएको छ ।

पछिल्लो आक्रमणबाट हुथी विद्रोहीले अन्तर्राष्ट्रिय व्यवसायिक एवम् नौसैनिक जहाज पारवहनलाई लक्षित गरी गैरकानुनी हमला नरोके त्यसको परिणाम भोग्नुपर्ने सन्देश दिएको अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जनाएका छन् ।

यता हुथी विद्रोहीका प्रवक्ता याहया सारेयाले अमेरिकी आक्रमणको जवाफ दिने चेतावनी दिएका छन् ।

यो पनि…

लाल सागरमा जहाजमाथि हुथी आक्रमण : विश्व व्यापारमै जोखिम

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ३ : ३७ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न