जबजको औचित्य सकिएको छैन : अध्यक्ष नेपाल « Khabarhub

जबजको औचित्य सकिएको छैन : अध्यक्ष नेपाल


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवादको औचित्य समाप्त भइनसकेको बताएका छन् ।

आइतबार काठमाडौंमा डा. वेदुराम भुसालद्वारा लिखित पुस्तक लोकार्पण गर्दै अध्यक्ष नेपालले नबुझ्नेहरुले जनताको बहुदलीय जनवादको विरोध गर्ने गरेको भन्दै अहिले पनि जबजको औचित्य उतिकै रहेको बताएका हुन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको परिवेशमा जबजको सान्दर्भिकता र आवश्यकता रहेको उनले बताए । उनले नेपालको परिवेशमा बहुदलीय प्रतिष्पर्धाको माध्यमबाट नै अरु पार्टीलाई पराजित गर्दै नेपाली समाजको रुपान्तरण गर्न सक्ने धारणा राखे ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका भुसालको जनताको बहुदलीय जनवादको ऐतिहासिक विकासक्रम नामक पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : ०४ बजे

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित