रुरु जलविद्युत परियोजनाको नाफा घट्यो « Khabarhub

रुरु जलविद्युत परियोजनाको नाफा घट्यो


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रूरू जलविद्युत् परियोजना लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  खुद नाफा गत वर्षको यसैअवधिमा भन्दा १.११ प्रतिशतले घटेको हो ।

कम्पनीले गत वर्षको यसै अवधिमा ५ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ०.१८ प्रतिशतले घटेर ९ करोड १३ लाख रुपैयाँमा झरेको कम्पनीले जनाएको छ ।

कम्पनीको नाफा सामान्य घट्नुमा खुद नाफमा पनि मुख्य असर परेको हो । कम्पनीको विद्युत् बिक्री आम्दानी गत वर्षको यसै अवधिमा ९ करोड १५ लाख रहेकोमा अहिले ९ करोड १३ लाख रहन पुग्यो भने बिक्री लागत पहिले २ करोड ८ लाख रहेकोमा अहिले २ करोड ३१ लाख रुपैयाँ पुग्यो ।

साथै कम्पनीले पोस्टेड रेटअन्तर्गतको अतिरिक्त ७ करोड ५९ लाख रुपैयाँ नेपाल विद्युत् प्राधिकरणसँग लिन बाँकी रहेको स्पष्ट पारेको छ । दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६७ पैसा छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १२ : ५२ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति