पाल्पामा श्रीमान–श्रीमतीसहित तीन जना मृत फेला « Khabarhub

पाल्पामा श्रीमान–श्रीमतीसहित तीन जना मृत फेला


२२ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

तानसेन। पाल्पामा तीन जना मृत फेला परेका छन्। दुई जना पुरुष र एक जना महिला गरी तीन जना सोमबार मृत फेला परेका हुन्।

मृत फेला पर्नेमा जिल्लाको रिव्दीकोट गाउँपालिका–८, काहुले बस्ने ४२ वर्षकी श्यामकला गाहा र श्यामकलाकी श्रीमान् ५३ वर्षका अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ। श्रीमती आफ्नै घरको बिस्तरामा र श्रीमान् अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

यस्तै, रिव्दीकोट–२, दम्बक बस्ने ६५ वर्षका भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान कार्य चलिरहेको सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ९ : ०५ बजे

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल

पत्रकार पक्राउ र प्रहरी हस्तक्षेपविरुद्ध जेन-जी फोरमको आपत्ति, सुवेदी र बराललाई रिहा गर्न माग

काठमाडाैँ – प्रकाशित समाचारलाई लिएर नेपाल प्रहरीले पत्रकारमाथि गरेको हस्तक्षेपप्रति

उत्तराखण्ड हेलिकप्टर दुर्घटना : सबै छ जनाको मृत्यु

काठमाडौं- उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार एक बेपत्ता

टोकियो– जापानको दक्षिणी प्रिफेक्चर ओकिनावास्थित मियाको टापु नजिकै शुक्रबार एउटा