लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पोखरा– कास्की प्रहरीले लागूऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा–२० घर भई हाल दीप बस्ने २६ वर्षीय ऋतिक परियार रहेका छन्।

परियारलाई मंगलबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए।

जिल्ला अदालत कास्कीले असोज १५ गते उनलाई लागूऔषध मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। फैसला लगत्तै उनी फरार रहेका थिए।

उनलाई जिल्ला अदालत कास्की उपस्थित गराई सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : ५४ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित