काठमाडौंमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन « Khabarhub

काठमाडौंमा ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको प्रदर्शन


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूले सर्वोच्चको आदेश कार्यान्वयन गराउन माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज्‌ विभागले सर्वोच्चले आफूहरूको पक्षमा गरेको ऐतिहासिक फैसला गरेपनि कार्यान्वयन नगरेको भन्दै काठमाडौंको शान्तिबाटीका रत्नपार्क क्षेत्रमा विरोध र्याली सहित प्रदर्शन गरेको हो ।

सरकारले अदालतको आदेश कार्यान्वयन गर्न आनाकानी गरेकाले अदालतले फैसला गरेको ठिक १ वर्ष पुगेका अवसरमा उनीहरुले प्रदर्शन गरेका हुन् । गोर्खाहरुले अरुको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलब, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाइँ लडेको ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूले जनाएका छन् । प्रदर्शनमा सहभागीहरूले अन्तराष्ट्रिय मानवअधिकारको कदर गर, सर्वोच्चको फैसला कार्यान्वयन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सम्झौता खारेज गर्न सर्वोच्च अदालतले गत वर्षको माघ २४ गते आदेश दिएको थियो । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  १ : ३४ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि