काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य सञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन् ।
राज्य सञ्चालन व्यवस्था र संविधानको रक्षाका लागि संसद्ले आवश्यकताअनुसार कानुन बनाउनुपर्ने उनको भनाइ छ ।
अघिल्लो सदनले एकमात्र कानुन बनाउन सकेको भन्दै उनले अब चालु अधिवेशनमा संसद्ले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया