प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग « Khabarhub

प्रणय दिवसमा तीन लाख ५० हजार स्टिम गुलाफ माग


२४ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताए। 

मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि भारतबाट  गुलाफ ल्याइएको उनको भनाइ छ ।  यस वर्ष रातो गुलाफ प्रतिस्टिम रु ८० देखि एक समयसम्म पर्ने उनले बताए। आजबाट प्रणय दिवस सप्ताह सुरु भएको छ । 

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४ तारिखमा पर्दछ । तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यो दिवस मनाउने प्रचलन छ । प्रेमको प्रतीक मानिने रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

अध्यक्ष तामाङका कूल मागको ६० प्रतिशत काठमाडौँ उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाफ देशका अन्य सहरमा खपत हुने बताउँछन् ।  प्रणय दिवसमा मात्रै रातो गुलाफको कारोबार रु तीन करोड ५० लाखको हुने उनको भनाइ छ । उनले वार्षिक रु तीन अर्ब सात करोडको फूलको कारोबार हुने गरेका बताए। 

रातो गुलाफ विशेष गरी काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा व्यावसायिकरुपमा लगाउने गरिएको छन् । फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ विभिन्न किसिमका पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

व्यावसायिकरूपमा  चार सय ५० प्रजातिका गुलाफ नेपालमा उत्पादन हुँदै आएको छ । पुष्प व्यवसायमार्फत ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । 

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ६ : १७ बजे

मधेशकी समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त

जनकपुरधाम– मधेश प्रदेशकी महिला तर्फ समानुपातिक सांसद कञ्चन विच्छा पदमुक्त

एनसेल फाउन्डेसनले एनपीएल खेलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौं– एनसेल फाउन्डेसनले बिहीबारसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २

इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था

नयाँदिल्ली– भारतको सबैभन्दा ठूलो एयरलाइन इन्डिगोले दर्जनौँ उडान रद्द तथा

अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो

मुम्बई– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थोपिएको कडा कर र विश्वव्यापी

व्यावहारिक सीप अभिवृद्धि गर्नुपर्नेमा जोड

बेलबारी–  स्थानीयस्तरमा जडान गरिने सौर्य लिफ्टिङ प्रणाली तथा लघु जलविद्युत् आयोजना