महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू) « Khabarhub

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)



काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको रथ तानेसँगै इन्द्रजात्रा समापन भएको छ । यो वर्षको इन्द्रजात्रा गत आइतबार (भदौ ३०) देखि मनाउन थालिएको थियो ।

इन्द्रजात्राको अन्तिम दिन नानिचा यात्रामा महिलाहरूले रथ तानेका हुन्‌ । रथ तान्न काठमाडौं दरबार क्षेत्र वरपरका नेवारसहित दलका नेतृ र अन्य समुदायका महिलाहरू पनि सहभागी भए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम्‌ प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठ पनि रथ तान्न पुगेकी थिइन्‌ । दशक अघिसम्म भने नेवार समुदायका एकल महिलाहरूले मात्र नानिचा यात्रामा रथ तान्ने परम्परा थियो ।

आज दिउँसो महिलाहरूले रथ तानेपछि आजै राति इन्द्रध्वज ढालेर लिङ्गोलाई घिसार्दै टेकु दोभान पुर्‍याइनेछ । त्यो लिङ्गोलाई विष्णुमति र बागमतीको संगमस्थल टेकु दोभानमा सेलाइनेछ । त्यसपछि यो वर्षको इन्द्रजात्रा विधिवत्‌ समापन हुनेछ ।

उपत्यकाबासीसहित नेवार समुदायको बाक्लो बसोबास रहेको काभ्रे र दोलखालगात जिल्लामा वर्षा र सहकालका देवताका रूपमा इन्द्रको पूजा गर्दै इन्द्रजात्रा मनाउने गरिन्छ । इन्द्रजात्रामा कुमारी, भैरब र गणेशको रथयात्राका साथै विभिन्न देवीदेवताको पूजाआजा गर्नुका साथै नाचगान समेत गरिन्छ ।

यो पनि-

सुरु भयो इन्द्रजात्रा (१० तस्बिर)

इन्द्रजात्राको मुख्य दिन असोज १ गते राष्ट्रपतिले इन्द्रजात्रा अवलोकन गरेका थिए । सो दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।

तस्बिरहरूः

प्रकाशित मिति : ५ आश्विन २०८१, शनिबार  ७ : ३३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग