संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् : सभामुख घिमिरे « Khabarhub

संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् : सभामुख घिमिरे


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले सोनाम ल्होसार पर्वले सबै नेपालीबीच धार्मिक सहिष्णुता र सद्भाव कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

तामाङ समुदायले मनाउने पर्व सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं आरोग्यताको कामना गरेका छन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताबीच सुदृढ एकताको विशेषतायुक्त देश हो, संस्कार र संस्कृतिमा फरक भएकाले नै नेपालीहरू आज विश्वसामु फरक रूपमा प्रस्तुत भइरहेका छौँ’, सन्देशमा भनिएको छ, ‘संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन्, विभिन्न जातजातिका भाषा, धर्म, संस्कृति, रहनसहन, चाडपर्व, वेशभूषा, रीतिथिति, इतिहास र चालचलन हाम्रा पहिचान हुन् ।’

सभामुख घिमिरेले सोनाम ल्होसारलगायतका विभिन्न संस्कृतिमा आधारित पर्वले नेपालीबीच राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाइन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । ल्होसार १२ जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार मनाइन्छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १० : ४८ बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका