प्रदेश प्रमुख परियारद्वारा ल्होछारको शुभकामना | Khabarhub Khabarhub

प्रदेश प्रमुख परियारद्वारा ल्होछारको शुभकामना


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले सोनाम ल्होछार (नयाँ वर्ष) का अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सबै नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन्।

सन्देशमार्फत उनले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता बोकेको राष्ट्र हो । हामीसँग विविधताबीचको एकता, सामाजिक, सहिष्णुता, सद्भाव र सांस्कृतिक ऐक्यबद्धता छ । यसको संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्नु हामी सबैको दायित्व हो ।’

प्रदेश प्रमुख परियारले सोनाम ल्होछार आर्थिक समानता, समृद्धि र सामाजिक रूपान्तरण गर्न, समानुपातिक समावेशी र सहभागितमूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणमा सहयोग पुर्‍याउन एवं मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १ : ०६ बजे

बिहारमा चुनाव : प्रधानमन्त्री मोदीको लोकप्रियता परीक्षण

नयाँ दिल्ली- भारतको पूर्वी राज्य बिहारमा बिहीबार जारी विधानसभा निर्वाचनलाई

नेपाली कांग्रेस संस्थापन पक्षको भेला (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन

भरतपुर अस्पतालको स्वास्थ्य बीमा सेवा ‘प्रणाली’ मा प्राविधिक समस्या

चितवन– स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी

बनेपामा आजदेखि बाह्र–बर्षे नरदेवी नाच

काभ्रेपलाञ्चोक– बनेपामा आजदेखि परम्परागत–ऐतिहासिक एवम् धार्मिक महत्वको १२ वर्षे श्री