प्रदेश प्रमुख परियारद्वारा ल्होछारको शुभकामना « Khabarhub

प्रदेश प्रमुख परियारद्वारा ल्होछारको शुभकामना


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले तामाङ समुदायको महत्त्वपूर्ण पर्व सोनाम ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले सोनाम ल्होछार (नयाँ वर्ष) का अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेशमा रहेका सबै नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र दीर्घायुको शुभकामना व्यक्त गरेका हुन्।

सन्देशमार्फत उनले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता बोकेको राष्ट्र हो । हामीसँग विविधताबीचको एकता, सामाजिक, सहिष्णुता, सद्भाव र सांस्कृतिक ऐक्यबद्धता छ । यसको संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गर्नु हामी सबैको दायित्व हो ।’

प्रदेश प्रमुख परियारले सोनाम ल्होछार आर्थिक समानता, समृद्धि र सामाजिक रूपान्तरण गर्न, समानुपातिक समावेशी र सहभागितमूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माणमा सहयोग पुर्‍याउन एवं मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेका छन्। 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १ : ०६ बजे

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरूङ भन्छन् : ओली-लेखकलाई पक्रियौँ, अब देशले नयाँ दिशा लिन्छ

काठमाडौं– गृहमन्त्री सुधन गुरूङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान

पूर्वप्रधानमन्त्री ओली पक्राउ

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

यस्तो छ केपी शर्मा ओलीविरुद्धको पक्राउ जरुरी पुर्जी

भक्तपुर- पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको

पूर्वप्रधानमनत्री ओलीको निवास भक्तपुरमा ठूलो संख्यामा प्रहरी परिचालन, पक्राउ गर्ने तयारी

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर गुण्डुस्थित निवासमा ठूलो संख्यामा