भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाइ « Khabarhub

भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाइ


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

भक्तपुरलान्चा दथु पःली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १० दथु पःली व्यारेकदेखि लान्चा फल्चासम्म शनिबार सरसफाई गरिएको छ ।

भक्तपुर नगरपालिकाको सहयोगमा भएको सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० कां वडासदस्य कृष्णनारायण दुमरुले विलय भइसकेको भत्केको पाटीलाई पुरानै स्थानीय नाम लान्चाफल्चा नामाकरण गरी पाटी र फूलबारी समेत बनाएको बताए । 

जनताको सहयोगमा नगरपालिकाले निर्माण गरेर यस क्षेत्रको वातावरण सुधार गरेको उनको भनाई थियो । उनले फोहरलाई कुहिने र नकुहिने छुट्याइ नगरपालिकाको गाडी वा गाडामा राखिदिनु हुन अनुरोध गर्दै विगतमा फोहर छुट्याउन बाल्टिन वितरण समेत गरेको हुँदा स्वतःस्फूर्त परिवर्तन नआएसम्म फोहर नछुटिने भएकोले आफैबाट फोहर छुट्याउने सुरुबाट गर्नुपर्ने बताए ।

वडा निरीक्षक रामकृष्ण प्रजापतिले सरसफाइ सभ्यताको परिचय भएको हुँदा जहाँ सफा हुन्छ त्यहाँका मानिसहर सभ्य भएको पहिचान हुने भएकोले नगरपालिकाले सरसफाइमा जोड दिई आएको बताए ।

 उनले फोहर कुहिने र नकुहिने छुट्याइ कुहिने फोहरको कम्पोस्ट मल बनाई कृषिजन्य उत्पादनमा प्रयोग गरे अर्गानिक कृषि उत्पादन उपभोग गर्दा क्यान्सर र मृगौला रोग लगायत दीर्घ रोगबाट बच्नसक्ने बताए । उनले यसले मल अभावलाई पनि केही राहत पुग्ने बताए । 

कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष सरोज सुवालले सरसफाइमा सहभागी भएका सबै वडाबासीहरुलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको बताउँदै टोलको ढल निकास लगायत विकास निर्माण कार्यमा सहयोगको लागि अनुरोध गरे । कार्यक्रममा सचिव हरिभक्त फोजुले पनि सरसफाइको महत्वबारे चर्चा गरे ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १ : १४ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक

चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु भएको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र