भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाइ | Khabarhub Khabarhub

भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाइ


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

भक्तपुरलान्चा दथु पःली टोल सुधार समितिको आयोजनामा भक्तपुर नगरपालिका वडा नं १० दथु पःली व्यारेकदेखि लान्चा फल्चासम्म शनिबार सरसफाई गरिएको छ ।

भक्तपुर नगरपालिकाको सहयोगमा भएको सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० कां वडासदस्य कृष्णनारायण दुमरुले विलय भइसकेको भत्केको पाटीलाई पुरानै स्थानीय नाम लान्चाफल्चा नामाकरण गरी पाटी र फूलबारी समेत बनाएको बताए । 

जनताको सहयोगमा नगरपालिकाले निर्माण गरेर यस क्षेत्रको वातावरण सुधार गरेको उनको भनाई थियो । उनले फोहरलाई कुहिने र नकुहिने छुट्याइ नगरपालिकाको गाडी वा गाडामा राखिदिनु हुन अनुरोध गर्दै विगतमा फोहर छुट्याउन बाल्टिन वितरण समेत गरेको हुँदा स्वतःस्फूर्त परिवर्तन नआएसम्म फोहर नछुटिने भएकोले आफैबाट फोहर छुट्याउने सुरुबाट गर्नुपर्ने बताए ।

वडा निरीक्षक रामकृष्ण प्रजापतिले सरसफाइ सभ्यताको परिचय भएको हुँदा जहाँ सफा हुन्छ त्यहाँका मानिसहर सभ्य भएको पहिचान हुने भएकोले नगरपालिकाले सरसफाइमा जोड दिई आएको बताए ।

 उनले फोहर कुहिने र नकुहिने छुट्याइ कुहिने फोहरको कम्पोस्ट मल बनाई कृषिजन्य उत्पादनमा प्रयोग गरे अर्गानिक कृषि उत्पादन उपभोग गर्दा क्यान्सर र मृगौला रोग लगायत दीर्घ रोगबाट बच्नसक्ने बताए । उनले यसले मल अभावलाई पनि केही राहत पुग्ने बताए । 

कार्यक्रममा टोल सुधार समितिका अध्यक्ष सरोज सुवालले सरसफाइमा सहभागी भएका सबै वडाबासीहरुलाई धन्यवाद ज्ञापन गर्दै नगरपालिकाको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको बताउँदै टोलको ढल निकास लगायत विकास निर्माण कार्यमा सहयोगको लागि अनुरोध गरे । कार्यक्रममा सचिव हरिभक्त फोजुले पनि सरसफाइको महत्वबारे चर्चा गरे ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १ : १४ बजे

कुलमानले लाइन काट्दा प्रधानमन्त्री र ऊर्जामन्त्री तमासे

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले बिहीबार राति ३४ उद्योगमा बिजुलीको

रास्वपा नेताहरूलाई सहकारी पीडितको प्रश्न- हामीले दुई वर्षदेखि हारगुहार गर्दा कहाँ हुनुहुन्थ्यो ?

काठमाडौं–संसदीय छानबिन समितिले प्रतिवेदन बुझाइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा केन्द्रित

ओली, देउवा र प्रचण्डबाट पार लाग्दैन

राजनीति भनेको संकट र समाधान दुवै हो । देशले संविधानसधभाबाट

‘राजनीतिक स्थिरता र आर्थिक समृद्धि ल्याउन कांग्रेस-एमाले मिलेका हुन्’

काठमाडौं- उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा राजनीतिक स्थायित्व कायम

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं– चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको