हाइटीमा भएको सामूहिक हिंसामा एक हजारभन्दा बढी हताहत « Khabarhub

हाइटीमा भएको सामूहिक हिंसामा एक हजारभन्दा बढी हताहत


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार हाइटीका प्रमुख सहरहरूमा बढ्दो अशान्तिको बारेमा गहिरो चिन्ता व्यक्त गरेका छन् ।  जनवरीमा एक हजार १०० भन्दा बढी व्यक्ति हताहत भएका छन् ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट-ओ-प्रिन्स र अन्य प्रमुख सहरहरूमा हताहतको सङ्ख्या दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ ।

पछिल्लो समयमा, प्रदर्शनहरूको बिचमा घातक हिंसाको कारण मानवीय कार्यहरूमा ठूलो अवरोध ल्याएको छ । यसले अप्ठेरोमा परेका नागरिकहरूलाई घटनास्थलमा सहयोग गर्ने पुग्ने योजनालाई असर गरेको ओसिएएचएले  जनाएको छ । हिंसाबाट देशभरी तीन लाख १३ हजारभन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।

सडक अवरोध र आवागमन प्रतिबन्धले स्वास्थ्य सेवाकर्मीहरूलाई असर गर्ने तथा आवश्यक सामाजिक सेवाहरूको पहुँचमा सम्झौता गर्नु पर्ने मानव अधिकारकर्मीले बताएका छन् । उनीहरूका अनुसार सडक र बन्दरगाहसम्म पुग्न कठिनाइ हुँदा जीवन-रक्षक राहतको वितरणलाई पनि असर गरेको छ । 

विभागको एउटा मानवीय संस्थालाई पनि लुटिएकाले आगामी दिनमा यसको सञ्चालनमा ठुलो असर पार्ने कार्यालयले जनाएको छ ।  

जनवरीको मध्यसम्ममा पोर्ट-ओ-प्रिन्स र अन्य शहरी क्षेत्रसहित राष्ट्रव्यापी रूपमा एक हजारभन्दा बढी विद्यालयहरू विरोध कार्यक्रम र प्रदर्शनका कारण अस्थायी रूपमा बन्द गरिएको थियो ।

ओसिएचएले देशमा हिंसाले खाद्यान्नको मूल्य लगभग २५ प्रतिशतले बढेको बताएको छ । 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  १ : १९ बजे

ओखलढुंगामा रास्वपा उम्मेदवार ५ मत अन्तरले विजयी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

स्याङजा-२ मा रास्वपाका डुम्रे विजयी

स्याङ्जा – प्रतिनिधि सभा निर्वाचन स्याङ्जा क्षेत्र नस्बर २ मा

महिला सशक्त भए राष्ट्र नै समृद्धिको मार्गमा अघि बढ्छ : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, विभेद

अमरेशलाई गगनको बधाई: ‘सम्भव हुने काम निरन्तर गरिरहनेछु’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ मा विजयी

नुवाकोट-१ मा पूर्वअर्थमन्त्री महत भन्दा रास्वपाका तिमल्सिना १४ सय मतले अगाडि

काठमाडौँ – नुवाकोट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको