आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित हुनुपर्छ : मोहन बस्नेत « Khabarhub

आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित हुनुपर्छ : मोहन बस्नेत


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री मोहन बस्नेतले आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्ने बताएका छन् ।

नेपाल शिक्षक संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले शनिबार सिन्धुपाल्चोकमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले शिक्षण पेशा मर्यादित भएको भन्दै आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित भएर लाग्नुपर्ने बताएका हुन् ।

अहिलेको व्यवस्थामा आफूहरूको माग पुरा गराउन यसअघि विद्यालय नै बन्द गरेको भन्दै त्यसले पठनपाठनमा असर परेको उनले बताए । मन्त्री बस्नेतले आजीवन शिक्षक भएर काम गरेकालाई सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने धारणा राखे ।

शिक्षकहरुको समस्या समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले शिक्षा क्षेत्रमा धेरै काम भएपनि चिकित्सा क्षेत्रको पढाई भने सहज नभएको बताए । यसलाई सहज गर्न चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियामा अघि बढेको उनले बताए ।

उनले नेपाललाई मेडिकल शिक्षाको हव बनाएरै छाड्ने उल्लेख गरे । 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ४ : १० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको