आजका समाचार : सोनाम ल्होछारदेखी क्यानडाविरुद्व नेपाल विजयीसम्म  | Khabarhub Khabarhub

 आजका समाचार : सोनाम ल्होछारदेखी क्यानडाविरुद्व नेपाल विजयीसम्म 


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा माओवादीले पार्टी रूपान्तरण अभियानको समीक्षा गर्ने, सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ : प्रधानमन्त्री, ६ बुँदे सहमतिपछि काममा फर्किए वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी, रुसी सेनामा नेपाली भर्ना  : १४० जनाले दिए उद्धारका लागि आवेदन, खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति, नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता, टुँडिखेलमा सोनाम ल्होछार, क्यानाडाविरुद्ध नेपाल चार विकेटले विजयीलगायत रहनेछन् ।

माओवादीले पार्टी रूपान्तरण अभियानको समीक्षा गर्ने
नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको केन्द्रीय कमिटीमा समीक्षा गर्ने भएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटी बैठकले आइतबारबाट सुरु हुने केन्द्रीय कमिटीमा उक्त अभियानमा बारेमा विस्तृत समीक्षा गर्ने निर्णय गरेको हो । केन्द्रीय कमिटीको पहिलो दिन अभियानको समीक्षा र दोश्रो दिन विधानका बारेमा छलफल हुने माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

सीमा क्षेत्रको विकास र व्यापार प्रवर्द्धन व्यवस्थित बनाइने छ : प्रधानमन्त्री

नेपालको विकास हिन्द महासागरमा निर्भर : परराष्ट्र मन्त्री

सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : मन्त्री शर्मा

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारीमा केन्द्रित हुन्छ : अर्थमन्त्री

सरकारले जनताका अपेक्षा पूरा गर्नुपर्दछ :  नेता खनाल

रुसी सेनामा नेपाली भर्ना  : १४० जनाले दिए उद्धारका लागि आवेदन
पछिल्लो समय रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन् थालेपछि आफन्तले उद्धारका लागि आग्रह गरेका छन् ।

परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारीअनुसार रुसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपालीको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा रहेका छन् ।


यसैगरी कन्सुलर सेवा विभागमा करिब एक सय ४० जनाका परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएका छन् । यसबाहेक के कति सङ्ख्यामा नेपाली नागरिक रुसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थ विवरण छैन ।

६ बुँदे सहमतिपछि काममा फर्किए वीपी प्रतिष्ठानका चिकित्सक र कर्मचारी

आफ्ना माग र अधिकार पुरा गराउन शिक्षकहरू मर्यादित हुनुपर्छ : मोहन बस्नेत

नारायणी अस्पतालमा उपचार गराउनको सङ्ख्या २३ प्रतिशतले वृद्धि

खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति

भक्तपुर कमलविनायकका स्थानीयले गरे सरसफाइ

नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता

हराएका दुई सय ५२ मोटरसाइकल सवारी धनीलाई फिर्ता

टुँडिखेलमा सोनाम ल्होछारको रौनक
तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार आज देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरूले ल्होसार पर्व मनाएका हुन्

सो पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको थियो ।

अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक नेतृत्वमा गोलबन्द हुनुपर्छ :  प्रधानमन्त्री

राष्ट्रपतिद्वारा सोनाम ल्होसारको शुभकामना

समृद्धिको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि सरकार क्रियाशील 

नेकपा एमाले अध्यक्ष ओलीद्वारा सोनाम ल्होछारको शुभकामना

देउवाद्वारा सोनाम ल्होसारको शुभकामना

संस्कार र संस्कृति हाम्रा गौरव र सम्पत्ति हुन् : सभामुख घिमिरे

चाडपर्वले मुलुकलाई सांस्कृतिक रूपमा सम्पन्न बनाउँछ : अध्यक्ष नेपाल

खेलकुद…

तीन जना ब्याटरले अर्धशतक बनाएपछि क्यानाडाविरुद्ध नेपाल चार विकेटले विजयी
क्यानाडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल चार विकेटले विजयी भएको छ । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १ बलमा भेट्टायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ८७ रन बनाए । १ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी यू १९ टिमका कप्तान देव खनालले ७६ रन जोडे । ८१ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।

क्यानाडाविरुद्ध कप्तान रोहित र देव खनालको अर्धशतक

नेपालको १ सय ५० रन पूरा, क्रिजमा दुई कप्तान

नेपालको १ सय रन पूरा

 अन्तराष्ट्रिय…

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दङ्गासँग सम्बन्धित १२ मुद्दामा जमानत
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई रावलपिण्डीको आतङ्कवाद विरोधी अदालतले मे ९ मा भएको दङ्गासँग सम्बन्धित १२ वटा मुद्दामा जमानत दिएको द एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

खानका निकट सहयोगी तथा पाकिस्तानका पूर्व विदेशमन्त्री शाह महमुद कुरेशीलाई १३ वटा मुद्दामा जमानत दिइएको छ । खानलाई पाकिस्तानी सेनाको मुख्यालय र आर्मी सङ्ग्रहालय आक्रमणका साथैे सबै १२ मुद्दामा एक लाख पाकिस्तानी रुपैयाँ जमानत दिइएको छ ।

पाकिस्तान निर्वाचन :  नवाज सरिफ र बिलाबल भुट्टो मिलेर सरकार बनाउने सम्भावना

इक्वेडरमा २९ वर्षीया काउन्सिलरको गोली हानी हत्या

हाइटीमा भएको सामूहिक हिंसामा एक हजारभन्दा बढी हताहत

मेटाले बन्द गर्‍यो इरानी सर्वोच्च नेताको इन्स्टाग्राम र फेसबुक खाता

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ७ : ५९ बजे

लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयन

लुम्बिनी– लुम्बिनीका स्थानीय होटल र लुम्बिनी विहारबीचको विवाद समाधान भएको

क्यान्सरविरुद्धको खोप बनाएको रुसको घोषणा, आगामी वर्ष संसारभर बाँडिने

काठमाडौं– रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ । रुसी

गाजामा इजरायली आक्रमण : एक लाख भन्दा बढी घाइते

इजरायल – इजरायली सेनाले गाजामाथिको आक्रमणलाई निरन्तरता दिएको छ। पछिल्लो

नदीजन्य पदार्थको उपयोग गर्न संयुक्त कार्यदल गठन

लुम्बिनी– लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बीचमा कर्णाली नदीको स्रोत उपभोग

रियलले जित्यो इन्टरकन्टिनेन्टल कप

काठमाडौं – रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको