कवाडी स्टोरमा विद्युत् सर्ट भई आगलागी | Khabarhub Khabarhub

कवाडी स्टोरमा विद्युत् सर्ट भई आगलागी


२७ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको कमेरोटारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको छ । राकेश जैसवाल र सर्बजी जैसवालले सञ्चालन गरेको जस्ताको टहरामा करेन्ट सर्ट भई आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोट भक्तपुरबाट सशस्त्र प्रहरी निरीक्षक हिमाल थापाको कमान्डमा २९ जनाको टोली, नेपाली सेना भैरव वाहन गुल्मबाट सहसेनानी भगवान केसीको कमान्डमा २० र मध्यपुरथिमि वृत्तबाट नेपाल प्रहरी विकास केसीको नेतृत्वमा १० जनाको टोलीले ३ बजे आगो नियन्त्रणमा लिएको नेपाली सनोका सहसेनानी केसीले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरबाट दुईवटा दमकल, नेपाली सेनाको दमकल र काठमाडौँबाट समेत दमकल परिचालन गरिएको थियो । आगलागीबाट मानवीय क्षति नभएको र भौतिक क्षतितर्फ रु १५ लाख बराबरको क्षति भएको जनाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : १४ बजे

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुनुपर्छ : महामन्त्री सिंह

अत्तरिया– नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले सहकारीको रकम

महानगरले भाटभटेनीलाई तिरायो २ लाख जरिवाना

काठमाडौं- काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभाटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई

भारत भ्रमणबाट फिरेका नेपाली कूटनीतिज्ञसँग राजदूतको अन्तरक्रिया

काठमाडौं- गत मंसिर ५ गतेदेखि १५ गतेसम्म भारत भ्रमण गरेका

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंलाई रिहा

सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्न सभामुखको आग्रह

काठमाडौं– सभामुख देवराज घिमिरेले सङ्घीयता महँगो भएको टिप्पणी तर्कसङ्गत नभएको