बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार « Khabarhub

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव प्रदीप अधिकारीलाई बिदाइ गरेका छन्‌ ।

महानगरमा ७ महिना २५ दिन प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका परियारले ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ बुझाएर बिदाइ लिएका हुन् ।

मन्त्रिपरिषद्‌ बैठकले परियारलाई २०८० माघ ३ गते काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो । मेयर शाहले नै प्रमुख प्रशासकीय अधिकृतमा परियारको नाम संघीय मामिला तथा प्रशासन मन्त्रालयमा सिफारिस गरेका थिए । त्यसअघि परियार राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।

अघिल्लो बिहीबार (भदौ २७) मा सरकारले काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित ४० जना सहसचिवको सरुवा गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली र महानगर प्रमुख शाहबीच विवाद बढिरहेका बेला सरकारले काठमाडौं‌ महानगरका प्रमुख प्रशासकीय अधिकृत  पनि परिवर्तन गरिदिएको थियो ।

महानगरका प्रशासकीय अधिकृत परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै काठमाडौं महानगरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सरोजप्रसाद गुरागाईंलाई पठाउने निर्णय सरकारले गरेको छ ।

महानगरबाट सरुवा भएर जाँदा परियारले आफूसँग भएका अभिलेख तथा संस्थागत सूचना र सम्पन्न कामको अभिलेखन हस्तान्तरण प्रणाली थालनी गर्दै संस्थागत सुदृढीकरणमा सहयोग हुने अपेक्षा राखी प्रतिवेदन बुझाएका काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ९ : ३१ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा २०८३ साल असोज १९ गते मंगलबार आयोजित गान्धी

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र