भरुवा बन्दुकसहित सल्यानबाट एक जना पक्राउ | Khabarhub Khabarhub

भरुवा बन्दुकसहित सल्यानबाट एक जना पक्राउ


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कुमाख गाउँपालिका- १ टाटके बस्ने २६ वर्षीय धनराज कामीलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट भरुवा बन्दुक र केही थान छर्रा बरामद गरिएको प्रहरीले जनाएको छ। कामीको घरमा प्रहरीले खानतलासी गरेको थियो। 

पक्राउ परेका धनराज कामीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अवैध हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सल्यानबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : ५४ बजे

भुटानी शरणार्थी नेता पौड्यालको ‘पर्दापछाडिको भुटान’ सार्वजनिक

ललितपुर– लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ

उद्योग वाणिज्य महासंघमा राजनीति छिर्‍यो

म ०५८ देखि ०६० सम्म उद्योग वाणिज्य महासंघको अध्यक्ष रहेँ

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।