हात्तीबाट जोगिन बसाइ सर्नेको सङ्ख्या बढ्यो | Khabarhub Khabarhub

हात्तीबाट जोगिन बसाइ सर्नेको सङ्ख्या बढ्यो


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

झापा– कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ । 

दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । पालिकामा चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइ सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

कचनकवल–१ घेराबारी निवासी ५५ वर्षीया सीता सुवेदीले हात्तीले पटकपटक घर भत्काएर अन्नबाली खाएपछि आफ्नो परिवार बसाइ सर्न बाध्य भएको बताइन्। हाल उनको परिवार गत जेठमा हात्तीले घर भत्काएर भण्डारण गरेको अन्नबालीसमेत खाइदिएपछि कमल गाउँपालिका–६ मङ्गलबारे डेरा गरेर बसेको छ । 

उनका अनुसार दिनभर जलथल जङ्गलमा बस्ने जङ्गली हात्ती साँझ नपर्दै दैनिक गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि बाध्य भएर सुवेदी परिवारलगायत अन्य स्थानीय पनि सुरक्षित स्थानमा बसाइ सर्न थालेका हुन् । हाल कचनकवलका वडा नं १, २ र ३ बाट बसाइ सर्नेको सङ्ख्या बढिरहेको छ । 

पालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका प्रमुख खेमराज भट्टराईले प्रत्येक वर्ष अन्य स्थानबाट आउनेको तुलनामा तेब्बर सङ्ख्या बसाइ सरेर अन्यत्र गइरहेको जानकारी दिए। उनले चार वर्षको अवधिमा अन्य स्थानबाट बसाइ सरेर आउनेको सङ्ख्या सात सय ५९ रहेको र जानेको सङ्ख्या एक हजार छ सय आठ रहेको बताए।

उनले विसंं २०७७ मा चार सय २६, २०७८ मा चार सय ४६, २०७९ मा चार सय ३० र २०८० को हालसम्ममा तीन सय छ परिवार पालिकाबाट बसाइ सरेर अन्य स्थानमा गएको जानकारी दिए । यस क्षेत्रबाट मानिसहरू बिर्तामोड, दमक, चारआली, बुधबारेलगायतका क्षेत्रमा बसाइ सरेर गएका छन् । 

यो पनि…

मान्छेले हात्तीको बाटो छेकेपछि

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ०५ बजे

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका

बहुविवाहको मुद्दामा समातिए एमाले केन्द्रीय सदस्य शेर्पा

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा पक्राउ परेका छन्

विकासोन्मुख देशहरूका लागि उन्नतस्तरको समर्थन आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विकासोन्मुख देशहरूका लागि स्रोतका साथै प्राविधिक

जनार्दनलाई प्रचण्डले भने- पुनर्विचार गरेर पार्टीमै फर्किनुस्

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल