कङ्गोको शरणार्थी शिविरमा भएको बम विस्फोटको यूनिसेफद्वारा निन्दा « Khabarhub

कङ्गोको शरणार्थी शिविरमा भएको बम विस्फोटको यूनिसेफद्वारा निन्दा


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

किन्शासा संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले पूर्वी कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा विस्थापितहरूको शिविरमा भएको बम विस्फोटको निन्दा गरेको छ । 

हिंसाबाट भागेका परिवारहरू सुरक्षा प्रदान गर्ने ठाउँमा मृत्यु रण गर्नु तथा घाइते हुने कुरा अकल्पनीय भएको कङ्गोका लागि युनिसेफका प्रतिनिधि ग्रान्ट लेइटीले बताए । 

उहाँले द्वन्द्वका सबै पक्षहरूलाई निर्दोष नागरिक तथा बालबालिकाको जीवन रक्षा गर्न आह्वान गरे । अपराधीहरूलाई जवाफदेही बनाउन र बालबालिका र उनीहरूका परिवारका लागि सुरक्षा बलियो बनाउनु सरकारको जिम्मेवारी रहेको लेइटीले बताए । 

उत्तरी किवु प्रान्तको साकेको बाहिरी इलाकामा विस्थापित मानिसहरूका लागि जाइना शिविरमा सोमबार भएको विस्फोटमा बालबालिकासहित केही व्यक्तिको मृत्यु हुनुका साथै केही घाइते भएका थिए ।

हालैका महिनाहरूमा पूर्वी कङ्गोमा भएको तीव्र द्वन्द्वले विशाल जनसङ्ख्यालाई आधारभूत मानवीय सहायताको आवश्यकता भएको छ । जनवरी २०२४ मा उत्तरी कीभूमा नयाँ विस्थापितहरूको सङ्ख्या सन् २०२३ जनवरी २३ को तुलनामा निकै बढी भएको छ ।

विज्ञप्ति अनुसार अहिले उक्त प्रान्तमा ११ लाख विस्थापित व्यक्ति रहेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ४ : ४३ बजे

महिला फुटबल : आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

इन्डोनेसिया – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल

पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीको ‘तालतलैया’

धरान- सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल