इरानले अर्को ट्यांकर नियन्त्रणमा लियो « Khabarhub

इरानले अर्को ट्यांकर नियन्त्रणमा लियो


१९ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– इरानले अर्को एक तेल बोकेको ट्यांकर नियन्त्रणमा लिएको छ । फारसको खाडीस्थित इरानको प्रशासनमा रहेको फर्सी टापुको तटपारीबाट ७ लाख लिटर तेल तस्करी गरिरहेको ट्यांकर नियन्त्रणमा लिइएको इरानको फार्स् समाचार संस्थाले उल्लेख गरेको छ ।

लेबनानको अल मयादिन समाचार संस्थाले उक्त ट्यांकर गत बुधबार नियन्त्रणमा लिइएको जनाएको छ । ट्यांकरसँगै उक्त ट्यांकरमा रहेका विभिन्न राष्ट्रका ७ जनालाई पनि नियन्त्रणमा लिएको इरानी अधिकारीले जनाएका छन् ।

इरानी अधिकारीले उक्त ट्यांकरको पहिचान सार्वजनिक गरेका छैनन् । हाल उक्त ट्यांकर बुशेरको बन्दरगाहमा राखिएको र ट्यांकरको तेल स्थानीय अधिकारीलाई जिम्मा लगाइएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

गत महिनामात्र इरानले बेलायती ध्वजावाहक स्टेना इम्पेरो नामक ट्यांकर नियन्त्रणमा लिएको थियो । त्यसअघि पनि इरानले पानामाको ध्वजावाहक पानीजहाज नियन्त्रणमा लिएर छाडेको थियो ।

केही महिनाअघि फारसको खाडीमा विभिन्न मुलुकका ट्यांकरलाई लक्षित गरी भएका आक्रमणमा इरानको संलग्नता रहेको आरोप लाग्दै आएको छ ।

इरानले ट्यांकर नियन्त्रणमा लिएपछि फारसको खाडीमा उसैपनि तनाव बढिरहेका बेला त्यसले तनावलाई अझ चर्काउन सक्ने टिप्पणी भइरहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार  ७ : ५६ बजे

चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन– चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

म्याग्दीमा खोलाले बगाएर एकजना बेपत्ता

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी

६ जना फरार प्रतिवादी पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका ६ जना फरार

ट्राफिक कारबाहीबाट एक करोड ३३ लाख राजस्व सङ्कलन

कर्णाली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले एक वर्षको अवधिमा सवारी