बझाङ जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते « Khabarhub

बझाङ जिप दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको तलकोटबाट चैनपुर आइरहेको से १ ज ८६८ नं को जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।   

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने  घाइते तलकोट-३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका-५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ०८ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्