अवैध लागूऔषधसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

अवैध लागूऔषधसहित दुई जना पक्राउ


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनुषा र मकवानपुरबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

धनुषाकाे विदेह नगरपालिका-९ तरहीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित महोत्तरी भंगहा नगरपालिका-९ बस्ने २१ वर्षीय अमर कुमार साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।

मकवानपुरकाे भिमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब २० किलोसहित थाहा नगरपालिका-८ देवीथान बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : ०६ बजे

चन्द्र ढकालको विवादास्पद लगानी : बेलायतमा कम्पनी खोलेर ८ वर्षसम्म करोडौँको कारोबार

काठमाडौं– उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले

चितवनमा जेनेटिक विधिबाट गैँडा गणना हुँदै

चितवन–  बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ स्थित सडकमा प्रदेश.१-०२-००१ ख ९२०७ नम्बरको ट्रकले प्रदेश.१-०२-०४१

तालिका थप भएपछि भोजपुर–काठमाडौं अब चार उडान

टक्सार– पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान थप गरेको

कञ्चनपुर र कपिलवस्तुबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका-१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने