रुसी दण्ड शिविरमा पुटिनका आलोचक नभाल्नीको मृत्यु « Khabarhub

रुसी दण्ड शिविरमा पुटिनका आलोचक नभाल्नीको मृत्यु


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक एलेक्सेइ नभाल्नीको मृत्यु भएको छ । रुसी कारागार सेवाले नभाल्नीको मृत्यु भएको पुष्टि गरेको हो । उक्त कारागारमा नाभाल्नीले १९ वर्षको सजाय काटिरहेका थिए ।

रुसको दुर्गम आर्कटिक वृत्तमा रहेको एउटा दण्ड शिविरमा शुक्रबार नभाल्नी अचेत भएका थिए । त्यसलगत्तै ४७ वर्षीय नभाल्नीको मृत्यु भएको रुसी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

राजधानी मस्कोभन्दा १९ हजार किलोमिटर उत्तर पूर्वमा यमालो नेनेट्स स्वशासित जिल्लास्थित खार्प सहरमा रहेको आईके ३ दण्ड शिविरमा राखिएको थियो । शुक्रबार हिँड्दै गर्दा उनी बेहोस भएको संघीय कारागार सेवाले जनाएको छ ।

उनी बेहोस भएसँगै एम्बुलेन्स र स्वास्थ्यकर्मी बोलाइएको थियो । हरसम्भव प्रयत्न गर्दापनि नभाल्नीलाई बचाउन नसकिएको कारागार सेवालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार मृत्युको कारणबारे अनुसन्धान जारी छ । नभाल्नीको मृत्युबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जनाएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ६ : १६ बजे

नवप्रवर्तन कार्यक्रमका लागि गण्डकीका आठ स्थानीय तह छनोट

गण्डकी– गण्डकी प्रदेशमा नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि छ स्थानीय तह

राष्ट्रियसभा सांसद भन्छन्- राजनीतिक दललाई दोषि देखाएर भ्रम छरियो

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन

नेप्से परिसूचक ४२ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६५० वटा गाडी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका

नेपालमा विपद् : साढे ९ महिनामा ४ सय ३१ जनाको मृत्यु  

काठमाडौं– विभिन्न विपद्का घटनामा परी साढे ९ महिनामा ४ सय