जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा « Khabarhub

जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोदार– मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गरेका छन् ।

मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याबको स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवका अवसर पारेर मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रकुमार सिंहले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार विकासमा मधेस प्रदेशले फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। 

स्वास्थ्यमन्त्री सिंहले मुटु रोगको विशिष्टीकृत उपचारका लागि थप विशेषज्ञ व्यवस्था गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा .डा अङ्कुर साहले क्याथ ल्याब सञ्चालनमा आएपछि मुटु रोगीहरूलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको बताए। मधेस प्रदेशमा सरकारीस्तरमा पहिलो क्याथ ल्याब सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ४ : १३ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै