जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा « Khabarhub

जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गोदार– मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गरेका छन् ।

मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको क्याथ ल्याबको स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवका अवसर पारेर मुख्यमन्त्री यादव र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रकुमार सिंहले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा मुख्यमन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधार विकासमा मधेस प्रदेशले फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले दक्ष जनशक्तिको व्यवस्थापनमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। 

स्वास्थ्यमन्त्री सिंहले मुटु रोगको विशिष्टीकृत उपचारका लागि थप विशेषज्ञ व्यवस्था गर्न प्रतिष्ठानका पदाधिकारीलाई निर्देशन दिए ।

प्रतिष्ठानका निमित्त उपकुलपति प्रा .डा अङ्कुर साहले क्याथ ल्याब सञ्चालनमा आएपछि मुटु रोगीहरूलाई उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको बताए। मधेस प्रदेशमा सरकारीस्तरमा पहिलो क्याथ ल्याब सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ४ : १३ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ