स्पेनिस ला लिगा : बार्सिलोनाद्वारा सेल्टा भिगो पराजित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाद्वारा सेल्टा भिगो पराजित


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेल्टा भिगोलाई हराएको छ । गएराती भएको खेलमा  सेल्टा भिगोलाई २–१ गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुई गोल गरेका थिए । उनले खेलको ४५औँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो हाफको इन्जुरी समयको ७औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै टोलीलाई जित दिलाएका थिए ।

सेल्टा भिगोका लागो आसपासले खेलको ४७औँ मिनेटमा एक गोल फर्काए पनि बार्सिलोनालाई रोक्न नसक्दा पराजित हुन पुग्यो ।

यो जितपछि बार्सिलोना २५ खेलबाट ५४ अंक जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । पराजित भएको सेल्टा भिगो २० अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ८ : ५४ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको