घरमा दैनिक झगडा पर्छ ? यी उपाय अपनाउनुस्   « Khabarhub

घरमा दैनिक झगडा पर्छ ? यी उपाय अपनाउनुस्  


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– घर परिवारको वातावरण शान्त होस् । परिवारका सदस्यहरू बीचमा आपसी साथ सहयोग र माया होस् भन्ने हरेकको चाहना हुन्छ । तर धेरै कारणले गर्दा घर परिवारमा अनावश्यक झैँझगडा हुने गर्छ । यसलाई समाधान गर्न वास्तु शास्त्रले पनि केही उपायहरू बताएको छ ।

वास्तु दोषका कारण धेरैको घर परिवारमा राम्रो वातावरण सिर्जना हुन पाउँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ–

१. ओछ्‌यान धातुको हुनु हुँदैन

वास्तु शास्त्रअनुसार सुत्ने खाट, पलङ वा ओछ्‌यान धातुको हुनु हुँदैन भनिएको छ । काठको खाट सबैभन्दा शुभ मानिन्छ । श्रीमानश्रीमती सुत्ने बेडमा एकै डसना हुनु पर्दछ । दुई डसना जोडेर बनाएको ओच्छ्यानमा सुते पति पत्नीबीच सम्बन्ध बिग्रने वास्तुको मान्यता छ ।

२. डाइनिङ रुम सही दिशामा राख्ने
डाइनिङ रुम सदैव पूर्व दिशा वा उत्तरमा हुनु पर्दछ । यदि यस्तो सम्भव नभए दक्षिण–पूर्व दिशामा पनि डाइनिङ टेबल राख्न सकिन्छ । यसले परिवारमा प्रेम बढाउने वास्तुको मान्यता छ ।

३.  पर्खाल चर्किएको हुनु हुँदैन
घरका पर्खाल चर्कँदा घरमा अशान्ति र अशुभ हुने वास्तुको मान्यता छ । त्यसैले चर्किएका पर्खालको मर्मत गरिनु पर्छ।

४. उत्तर दिशामा तुलसीको बोट रोप्ने

घरमा अक्सर घर झगडा भए घरको उत्तर दिशामा तुलसीको बोट रोप्नु पर्दछ । साँझमा तुलसीको मठमा दियो बाल्दा  घर झगडा, विवाद र परिवार बीचको आपसी मनमुटाव हटेर जाने मान्यता छ ।

५.  सूर्यको प्रकाश छिर्ने कोठा बनाउने

वास्तुशास्त्र अनुसार घर बनाउँदा वा किन्दा विशेष गरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु वा किन्नु पर्दछ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबीच प्रेम र स्नेह बढ्दछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : ५० बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर