आज फलफूल तथा तरकारीको मूल्य कति ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी १२० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १२०, अनार २८०, किबी ४००, एभोकाडो ३००, अम्बा १५० र स्ट्रबेरी २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा ३०, अदुवा २००, रातो आलु र रातो भारतीय आलु ३०, स्थानीय काउली २५, लौका ५०, कागती २५०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ८० रुपैयाँ कायम भएको छ ।

यस्तै, लोकल गाँजर प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३५, लोकल सेतो मूला र रातो मूला २५ रुपैयाँ, लोकल घिउ सिमी ९०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो ५० र हरियो डल्लो फर्सी ६० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

समितिले गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज १०० र पुदिना ३५०, ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन ३२०, हरियो लसुन १३०, लाम्चो भान्टा ४०, भिण्डी ९० र हरियो धनियाँ ५० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।

आज ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ९ : ३३ बजे

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको