नारायणगढ- मुग्लिन खण्डको पहाड काट्ने काम अन्तिम चरणमा « Khabarhub

नारायणगढ- मुग्लिन खण्डको पहाड काट्ने काम अन्तिम चरणमा


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको नारायणगढ मुग्लिन सडक खण्डको पहाड काट्ने काम अन्तिम चरणमा पुगेको छ । 

उक्त सडक खण्डमा १२ बजे देखि ४ बजे सम्म सडक नै बन्द गरेर पहाड काट्ने काम हुँदै आएको छ । नारायणगढ मुग्लिन सडक खण्डको तुईन खोलामा पुल निर्माणको लागि अप्रोच बनाउन पहाड काट्ने काम भई रहेको छ ।

उक्त खण्डमा करिब ६० मिटर पहाड रहेकोमा गत आर्थिक वर्षमा २५ मिटर र यस आर्थिक वर्षमा ३५ मिटर मध्ये २७ मिटर पहाड काटी सकेको इन्जिनियर कृष्ण प्रसाद आचार्यले बताए । उक्त सडक खण्डमा १५ वटा पुल निर्माण गर्नु पर्नेमा १४ वटा पुलको काम सम्पन्न भई सकेको र अब एउटा पुल बनाउन बाकी रहेको उनले बताए ।

उक्त पहाड काट्नको लागि फागुन १२ गते सम्म समय दिइएको छ । उक्त सडक खण्डको पहाड काट्ने काम अन्तिम अन्तिम चरणमा पुगेको र यसै आर्थिक वर्ष सम्ममा पुलको स्लायब ढलान गर्ने लक्ष्य रहेको आचार्यले बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  १२ : ५० बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’