प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री शाह « Khabarhub

प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प छैन : मुख्यमन्त्री शाह


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प नरहेको बताएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको ‘राष्ट्रिय प्रजातन्त्र दिवस-२०८०’ प्रदेश स्तरीय मूल समारोह कार्यक्रममा उनले प्रदेशलाई संस्थागत बनाउनुपर्ने बताए ।

‘प्रदेश सङ्घीयताको शासन व्यवस्था अनुसार स्थापना भएका हुन् । यसलाई बलियो र संस्थागत बनाउनुको विकल्प छैन । जतिसुकै समस्या र चुनौती भए पनि प्रदेश सरकारले सुशासनसहित समृद्धिलाई मूल लक्ष्य बनाएर अघि बढिरहेको छ’, मुख्यमन्त्री शाहले भने। संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई अंगीकार गरेको भन्दै उनले गणतन्त्रात्मक व्यवस्थामा नागरिकको जीवन पद्धति र शैलीमा पनि परिवर्तन ल्याउनुपर्ने बताए ।

‘दिगो शान्ति, समृद्धि र विकासप्रतिको नागरिकको आकाङ्क्षा पूरा गरी सामाजिक न्याय र नागरिकको जीवनमा गुणस्तरीय परिवर्तनका लागि संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि सहयोग गर्न सबैलाई आग्रह गर्दछु’, मुख्यमन्त्री शाहले भने। संविधानले तीनै तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको आधारमा विकसित हुने कुरालाई प्रमुख प्राथमिकतामा राखेको उनले बताए। 

संविधानको मर्म र भावना अनुसार तीनै तहबीचको समन्वयात्मक सम्बन्धको सिद्धान्तलाई व्यवहारिक रूप दिन प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको मुख्यमन्त्री शाहले उनले जानकारी दिए। प्रदेश सरकार जनतालाई अनुभूति हुने गरी विकासका कामलाई गुणस्तरीय ढङ्गले अगाडि बढाउन, सरल र प्रभावकारी रुपमा सेवाप्रवाह गर्ने दिशामा प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेशका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरुलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ४ : ०३ बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर