दिनभर आजमा कांग्रेस महासमिति बैठकमा भोलि प्रतिवेदन पेस गरिने, विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री, प्रधानमन्त्री प्रचण्डलाई चुमनुब्रीले बुझायो १८ बुँदे ज्ञापनपत्र, सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ : ओली, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह, वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी, पूर्वी अफगानिस्तानमा गएको पहिरोमा परी २५ जनाको मृत्युलगायत रहनेछन् ।
कांग्रेस महासमिति बैठकमा भोलि प्रतिवेदन पेस गरिने
नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ ।
मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक र अर्थमन्त्रीसमेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।
थप…
गगनलाई सभापति देउवाको जवाफ- भविष्यमा गठबन्धन गर्ने-नगर्ने निर्णय अहिले गर्नु उचित हुँदैन
महासमिति बैठकले पार्टीलाई थप सबल र सुदृढ बनाउँछ : सभापति देउवा
यस्तो देखियो कांग्रेस महासमिति बैठक (फोटो फिचर)
कांग्रेस महासमिति बैठकमा फरक मत राख्दै महर, १२६ पत्रको दृष्टिपत्र पेस गर्ने
विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन् ।
सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौंमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले संसद्मा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसद्मा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताए ।
प्रधानमन्त्री प्रचण्डलाई चुमनुब्रीले बुझायो १८ बुँदे ज्ञापनपत्र
‘देशभित्रै सम्भव छ’ भन्ने भाष्य निर्माण गरौँ : प्रधानमन्त्री
सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ :अध्यक्ष ओली
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा असफल व्यक्ति नियुक्त गर्न खोजियो : ओली
टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस समारोह
काठमाडौँको टुँडिखेलस्थित सैनिकमञ्चमा विशेष कार्यक्रमका साथ ७४औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ ।
१०४ वर्षीय जहानियाँ शासनविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा भएको सशस्त्र क्रान्तिको बलमा राणा शाहीले घुँडा टेक्न पुगेको दिन २००७ साल फागुन ७ गतेको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा मूलसमारोह समितिले आज सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रिय गान प्रस्तुति, झण्डोत्तलन, ज्ञात–अज्ञात सहिदप्रति मौनधारण गरिएको थियो ।
सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि एवं बेलुनहरू उडाइएको थियो ।
संघीयताले अथाह सम्भावनालाई अवसरमा बदल्छ : प्रधानमन्त्री
टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहमा पत्रकारलाई प्रवेशमा रोक
सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ : अध्यक्ष नेपाल
डीआईजी पोखरेलको सक्रियतामा सरस्वतीको मूर्ति विसर्जन
पछिल्लो चारदिनदेखि थन्किएको सरस्वतीको मूर्ति रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु अवधिभित्रै पुरानै असमतिअनुसार नै विसर्जन गरिएको छ । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलको सक्रियतामा जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकको निर्णयअनुसार पुरानै सहमतिमा मूर्ति विसर्जन गरिएको हो ।
ईशनाथ–७ घिउरा गाउँ विद्यालयछेउको सार्वजनिक पोखरीमा यसअघि भएको सहमतिअनुसार मूर्ति सेलाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन् । प्रमुख जिल्ला अधिकारी (सिडिओ) हिरालाल रेग्मीको अध्यक्षतामा सोमबार जिल्ला समन्वय समितिको सभाकक्षमा बसेको बैठकमा नेपाल प्रहरीका डीआईजी पोखरेल, सशत्र प्रहरीका डीआईजी दीपेन्द्र साह, राष्ट्रिय अनुसन्धानका डीआईजी सञ्जय यादव, तथा सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।
वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी
कोरियन भाषा परीक्षा आजदेखि सुरु
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
पाँच सय ४२ किलो गाँजासहित दुईजना पक्राउ
कर्णालीमा खाद्यान्नको चरम अभाव
अन्तर्राष्ट्रिय…
पूर्वी अफगानिस्तानमा गएको पहिरोमा परी २५ जनाको मृत्यु
पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले बताएका छन् ।
अधिकारीका अनुसार आइतबार राति नोरगरम जिल्लाको तातिन दारा क्षेत्रमा भारी वर्षा र हिउँ परेपछि भएको दुर्घटनामा महिला तथा बालबालिकालगायतका धेरै व्यक्ति परेका छन् । उनीहरूका अनुसार उद्धार कार्य जारी छ ।
उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको गोलीबाट २ जना आतंककारीको मृत्यु
युक्रेनमा शान्ति स्थापनाका लागि चीनले रचनात्मक भूमिका निर्वाह गर्छ : विदेशमन्त्री वाङ
युक्रेन पुनर्निर्माणमा सहयोग गर्न जापानसँग प्रधानमन्त्री स्मिगलको आग्रह
पपुवा न्यूगिनीमा भएको जातीय भिडन्तमा कम्तीमा ६४ जनाको मृत्यु
प्रतिक्रिया