क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल आज : पहिलो जितको खोजीमा नेपाल ‘ए’ « Khabarhub

क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल आज : पहिलो जितको खोजीमा नेपाल ‘ए’


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ। नेपाल ‘ए’ टिमले आइतबार (फागुन ६ गते) क्यानडाविरुद्ध तीन खेलको सिरिजको पहिलो खेल खेलिसकेको छ। पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।

दोस्रो खेल मंगलबार बिहान ९ बजेर १५ मिनेटमा मुलपानीस्थित क्रिकेट मैदानमा सुरु हुँदैछ। सिरिजको अन्तिम खेल फागुन १० गते बिहीबार हुनेछ। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन्।

नेपाल ‘ए’मा ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ। यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू-१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ। राष्ट्रिय टिम व्यस्त हुँदै गएपछि त्यसको ब्याकअपका रुपमा क्यानले नेपाल ‘ए’ घोषणा गरेको हो।

नेपाल ‘ए’को पहिलो खेल
पहिलो खेलमा क्यानडा एघारले आइतबार मूलपानी क्रिकेट मैदानमा नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपालले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय १६ रन बनाएको थियो।

नेपालका लागि बसिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए। त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ रनको योगदान दिएका थिए।

त्यस्तै क्यानडाका बलर साद बिन जाफरले सर्वाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहीले २ विकेट लिएका थिए। पहिलो जितसँगै तीन खेलको सिरिजमा क्यानडा १-० ले अगाडि छ।

नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : २५ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको