क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल आज : पहिलो जितको खोजीमा नेपाल ‘ए’ « Khabarhub

क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल आज : पहिलो जितको खोजीमा नेपाल ‘ए’


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ। नेपाल ‘ए’ टिमले आइतबार (फागुन ६ गते) क्यानडाविरुद्ध तीन खेलको सिरिजको पहिलो खेल खेलिसकेको छ। पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ।

दोस्रो खेल मंगलबार बिहान ९ बजेर १५ मिनेटमा मुलपानीस्थित क्रिकेट मैदानमा सुरु हुँदैछ। सिरिजको अन्तिम खेल फागुन १० गते बिहीबार हुनेछ। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन्।

नेपाल ‘ए’मा ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ। यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू-१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ। राष्ट्रिय टिम व्यस्त हुँदै गएपछि त्यसको ब्याकअपका रुपमा क्यानले नेपाल ‘ए’ घोषणा गरेको हो।

नेपाल ‘ए’को पहिलो खेल
पहिलो खेलमा क्यानडा एघारले आइतबार मूलपानी क्रिकेट मैदानमा नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपालले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय १६ रन बनाएको थियो।

नेपालका लागि बसिर अहमदले अविजित ५० रन बनाएका थिए भने राशिद खानले ४० रन बनाएका थिए। त्यस्तै मयन यादवले ३५, किरण ठगुन्नाले २५, विवेक यादवले २१ रनको योगदान दिएका थिए।

त्यस्तै क्यानडाका बलर साद बिन जाफरले सर्वाधिक ३ विकेट लिएका थिए भने इश्वरजोत सोहीले २ विकेट लिएका थिए। पहिलो जितसँगै तीन खेलको सिरिजमा क्यानडा १-० ले अगाडि छ।

नेपाल ‘ए’ टिम
विनोद भण्डारी (कप्तान), प्रतिश जी.सी, आशुतोष घिरैया, रसिद खान, अर्जुन कुमाल, रिजन ढकाल, बशीर अहमद, सागर ढकाल, विवेक यादव, शाहब आलम, हेमन्त धामी, सन्दीप जोरा, किरण ठगुन्ना, शेर मल्ल, मयन यादव, सुजन थपलिया।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : २५ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार