कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई ५ मिनेटको समय « Khabarhub

कांग्रेस महासमिति बैठकमा प्रतिवेदनमाथि सुझाव दिन एक जनालाई ५ मिनेटको समय


९ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको जारी महासमिति बैठकमा आज चार समूहमा विभाजन गरेर पाँच प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

समूहगत छलफलमा सहभागीहरुले मंगलबार प्रस्तुत प्रतिवेदनमाथि सुझाव तथा धारणा राखिरहेका छन् । आफ्ना सुझाव तथा धारणा राख्न एक सहभागीलाई पाँच मिनेटको समय तोकिएको छ ।

सम्मेलन केन्द्रको मुख्य गोदावरी हलमा कोशी र सुदुरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेश र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको छ ।

समूहगत छलफलमा आज सबै सहभागीहरुले धारणा राख्ने व्यवस्था मिलाइएको प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘हामीले महासमिति बैठकमा सहभागी सबै सदस्यहरुको धारणा लिन आवश्यक समयको व्यवस्थापन गरेका छौँ, सबै सदस्यहरुले आफ्ना धारणा तथा सुझावहरु राख्न पाउने छन् ।’ महासमिति बैठक भोलिसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  १० : ४९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट