वाफ च्याम्पियनसिप : आज नेपालले इराकको सामना गर्दै | Khabarhub Khabarhub

वाफ च्याम्पियनसिप : आज नेपालले इराकको सामना गर्दै


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज समूह ‘बी’ को नेपालले दोस्रो खेलमा इरानसँग खेल्दैछ ।

खेल साउदी अरेबियाको जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराउँदै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो । इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह ‘बी’ मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ‘ए’ मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

यस्तै, आज समूह ‘बी’ अन्तर्गत सिरिया र प्यालेस्टाइनबीचको खेल पनि हुँदैछ । नेपालले समूह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  ७ : ४६ बजे

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत