बेलायतका विकासमन्त्री दैलेखको नौमुलेमा | Khabarhub Khabarhub

बेलायतका विकासमन्त्री दैलेखको नौमुलेमा


१० फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दैलेख– बेलायत विकासमन्त्री एन्ड्रु मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमुले गाउँपालिकामा भएका विकास–निर्माणका गतिविधिबारे जानकारी लिएको छ । 

काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशकसहितको टोलीले नौमूले गाउँपालिका–१ तोलिको भुर्सुमा निर्माण भएको सिँचाइ कुलो, तटबन्ध र पानी घट्टको स्थलगत निरीक्षण गरी जानकारी लिएको हो । 

त्यस अवसरमा मन्त्री मिचेलले नौमुलेमा बालिका शिक्षा, सुशासन, समावेशितासँगै जलवायु अनुकूलनका थप कार्यक्रम सञ्चालन गर्न सकिने बताए । 

जलवायु परिवर्तन अनुकूलन सहयोग कार्यक्रमअन्तर्गत बेलायत सरकारको आर्थिक सहयोग तथा नेपाल सरकारको कार्यक्रममार्फत सञ्चालन भएका योजनाहरूको स्थलगत अनुगमन सम्पन्न भएको नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले जानकारी दिए। 

जलवायु परिवर्तन अनुकूलन सहयोग कार्यक्रमअन्तर्गत सम्पन्न सिँचाइ कुलोलगायत संरचनाबाट स्थानीय बासिन्दाले प्रत्यक्षरूपमा लाभ लिएका र  चालू आर्थिक वर्षभित्र कार्यक्रमका बाँकी काम पूरा गर्ने, जनताले पाएका सुविधा र थप कार्यक्रम कसरी लागू गर्ने भन्ने विषयमा छलफल भएको अध्यक्ष छवि सुवेदीले जानकारी दिए। 

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार  १२ : ४९ बजे

हङकङ सुपर सिक्सेसको पहिलो खेलमा नेपाल १७ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल

पोखरामा बन्यो भैरव मन्दिर

गण्डकी– काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव

हङकङ सुपर सिक्सेस : सन्दीप जोराको अर्धशतक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका सन्दीप जोराले

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा

हङकङ सिक्सेस : अफगानिस्तानले नेपाललाई दियो ११३ रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले